काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रवेश गरेको छ ।

गत सिजनमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक भने उपाधि होडमा दौड लगाएको छ । बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भेट पक्का गरेको हो ।

काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए ।

दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।

बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार