प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख पक्राउ, १ अर्ब रुपैयाँ हानी पुर्याएको आरोप

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका थप एक कर्मचारी पक्राउ परेका छन् । बैंकिङ कसुरको आरोपमा बैंकको रेमिट्यान्स विभागका प्रमुख ‘सुगेन’ भन्ने सुजिन शाक्य पक्राउ गरेका हुन् ।

उनलाई उच्च अदालतबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई मंसिर २४ गते ललितपुर महानगरपालिका–११ ईखांछेबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

शाक्यलाई रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको प्रि–फण्डिङ दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरी गराई प्रि–फण्डिङ नाममा नियम विपरित अब रकम दिई सो वापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंकलाई १ अर्ब रुपैयाँ भन्दा बढी रकम हानी नोक्सानी पुर्याएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा देखिएकोले पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार