शेयर बजार आज पुनः ओरालो, तीन अर्ब ७३ करोडको कारोबार

काठमाडौं । शेयर बजार पुन ओरालो झरेको छ । आज कारोबार रकम पनि पौने ४ अर्बमै समेटिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.०३ अंकले तल झरेको छ । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६०९.०३ अंकमा ओर्लिएको छ ।

बजार घट्दा म्युचुअल फण्ड बाहेक अरु सबै समूह राताम्मे भएका छन् । म्युचुअल फण्ड भने ०.३९ प्रतिशतले बढेको छ ।

आज ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९ सय ४८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३ सय ७३.२४ रुपियाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार