काठमाडौं । तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार (मंसिर २४) फेरि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । छ ।
अनलाइनमार्फत हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म रकम बोलकबोल गर्न सक्नेछन् ।
बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । यसको सावाँ तथा ब्याज आगामी १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।