पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा दायर

पूर्वमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले महतसहित पाँच जना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा आइतबार भ्रष्टाचा मुद्दा दर्ता गरेको हो ।

विपक्षी बनाइएका तत्कालिन अरु मन्त्रीमा पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य छन् भने तत्कालिन सचिव १० जना छन् । पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेको छ भने महत अल्जाइमरको बिरामी छन् । आचार्य एमालेका नेता हुन् भने अमात्य पूर्वप्रधानमन्त्री झलनाथ खनालको सहयोगीसमेत हुन् । श्रेष्ठ भने खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष हुँदा माओवादी कोटाबाट मन्त्री भएका व्यक्ति हुन् ।

अख्तियारले नेपाल नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिसचन्द्रलाल सुमन, प्राधिकरणका हालका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई समेत विपक्षी बनाएको छ ।

अख्तियारले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै आठ अर्ब बिगो दाबीसहित मुद्द दायर गरेको हो । पूर्वप्रधानमन्त्रीहरुलाई जोगाउँदै दायर गरिएको मुद्दा दर्ताको प्रक्रियाका लागि अहिले अख्तियारका कर्मचारी विशेष अदालतमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार