२१.४८ अंकले घट्यो सेयर बजार, पाँच अर्ब ३३ करोडकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार २१.४८ अंक घटेर २६०९।६९ बिन्दुमा बन्द भएको छ । यस दिन कुल ३२५ कम्पनीको कारोबार भयो, जसमा ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने आठ कम्पनीको मूल्य स्थिर रह्यो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार आइतबार एक करोड सात लाख १८ हजार ६१५ कित्ता सेयर ८९ हजार ७३१ पटकमा किनबेच हुँदा पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समूहगत सूचकतर्फ १३ वटै समूह राताम्मे देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूह १।२१ प्रतिशत घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार