काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ कम्पनीले गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको थियो ।
कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सर्वसाधारणलाई छुट्याइएको मध्ये वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रको लागि छुट्याइएको करोड कित्ता मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अति प्रभावित वडाहरु बाहेक अन्य वडाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता साधारण सेयर निष्काशन गरिएको छ र बाँकी १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ रकमबराबरको रु.१०० अंकित दरको १ करोड कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिएको छ ।