बूढानीलकण्ठबाट रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको निवास बूढानीलकण्ठबाट शुक्रबार साँझ रविलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार