प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ।

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले लुम्बिनीसामु जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो।

टीयु क्रिकेट मैदानमा लुम्बिनीवविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।

जनकपुरका लागि संगीत कोरेले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ३८ बलमा २ चौका प्रहार गरे।

मयन यादव २७ रनमा नटआउट रहे। आशिफ शेखले २० र सञ्जय कृष्णमुर्तिले १४ रन थपे। शुभ कंसाकार ११ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट हुन पुगे।

अनिल साह ७ रन बनाउँदा रुवेन टम्पलम्यानको बलमा एलबीडब्लु धरापमा परे।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए।

लुम्बिनीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। जनकपुरको हारले प्लेअफ सम्भावना सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार