काठमाडौं । भारतले १०० माथिका भारू नोट भारतबाट नेपालमा र नेपालबाट भारत लैजान दिने व्यवस्था गरे पनि नेपालमा भने प्रतिबन्ध कायमै देखिएको छ ।
भारतीय रिजर्व बैंकले हालै राजपत्र प्रकाशन गर्दै १०० माथिका भारूका नोट भारतबाट नेपाल र भुटान लैजान दिने व्यवस्था गरेको छ ।
साथै, नेपाल र भुटानबाट पनि भारतमा त्यस्ता नोट ल्याउन पाउने व्यवस्था गरिएको छ । त्यस २५ हजार भारूको सीमा तोकिएको छ ।
भारतमा १०० माथिका २००, ५०० र २००० हजारका नोट प्रचलनमा छन् । २००० हजारको नोट सन् २०२३ यता छाप्न बन्द गरिएको छ । यद्यपि, पहिला नै छापिएका नोट भने प्रचलनमा छन् ।
भारतीय केन्द्रीय बैंकले नेपाल सहित आफ्ना छिमेकी मुलुक पाकिस्तान, बंगला देश र भुटानमा १०० माथिका भारू नोट लैजान नदिने र ति मुलुकबाट १०० माथिका भारू नोट भारतमा ल्याउन पनि नदिने व्यवस्था गरेको थियो ।