तीनकुने घटना : मिश्र र राणासहित ६६ जनाविरुद्ध मुद्दा चलाइँदै

काठमाडौं- काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते गरेको प्रदर्शनपछि पक्राउ परेकामध्ये ८९ जना रिहा भएका छन् ।

तीनकुने, कोटेश्वर, जडीबुटी र सिनामंगल क्षेत्रमा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनामा पक्राउ परेका १४८ मध्ये ८९ जनालाई आफन्त र परिवारको जिम्मामा छाडिएको गृहमन्त्री रमेश लेखकले शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिएका छन् ।

उनका अनुसार त्यसदिन शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै दुर्गा प्रसाईंको समूहले स्थानीय प्रशासनबाट अनुमति लिएका थिए ।

लेखकका अनुसार प्रतिनिधि सभाका माननीय एवम् धवल शमशे राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको थियो ।

लेखकले जसमध्ये राणा र मिश्रसहित ६६ जनामाथि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार