काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले साधारणसभा बोलाएको छ । पुस २७ गते तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा बस्ने साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विषयमा निर्णय गर्ने एजेन्डा रहेको छ ।
सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा संशोधन गर्न निर्देशन दिएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।