काठमाडौं । पछिल्लो पाँच वर्षको चौमासिक तथ्यांकले यसपालि सबैभन्दा धेरै चलचित्र निर्माण हुने देखाएको छ । प्रत्येक वर्ष चलचित्र निर्माणमा उत्साहजनक वृद्धि देखिएको छ । चलचित्र विकास बोर्डको तथ्यांकानुसार, यो वर्ष तुलनात्मक रूपमा धेरै चलचित्र निर्माणका निम्ति इजाजत लिएको पाइएको छ ।
बोर्डको तथ्यांकानुसार, आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिक ९साउन, भदौ, असोज र कात्तिक०मा ७० चलचित्रको निर्माण इजाजत लिइएको छ । चलचित्र निर्माणका निम्ति यो नयाँ रेकर्ड भएको बोर्डले जनाएको छ ।कुनै पनि वर्षको पहिलो चौमासिकमा यसअघि यति धेरै चलचित्रले इजाजत नलिएको बोर्डले बताएको छ ।
आर्थिक वर्ष २०७८र७९ मा पहिलो चौमासिकमा ३६, २०७९/८० मा ४७, २०८०/८१ मा ४७, २०८१/८२ मा ५१ र २०८२र८३ मा ७० चलचित्र निर्माणका निम्ति इजाजत लिइएको बोर्डको तथ्यांकमा उल्लेख छ ।