काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब प्रमुख कार्यकारी अधिकृतसहितका उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज केही बेरअघि बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट बैंकका सीईओ अशोक शेरचन ,डिसीईओ मणीराम पोखरेललगातका उच्च पदस्थहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।
यसैबीच प्रभु बैंककै प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त भने भागेर महेन्द्रनगर पुगेको उनी निकट स्रोतले जनाएको छ । सीआईबीले उच्च पदस्थहरुलाई पक्राउ गर्दैछ भन्ने सूचना पाएपछि घर जाने बहानामा उनी हिजो बेलुकै महेन्द्रनगर पुगेकी हुन् ।
यसअघि, कात्तिक ११ गते सीआईबीले प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका पूर्वसंसाद देवीप्रकाश भट्टचनलाई समेत पक्राउ गरेको थियो ।