काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा पुस ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्याका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।