काठमाडौं । सरकारले अनुगमन र नियमन नगर्दा नेपाल लेयर्स कुखुरापालक संघले हप्तैपिच्छे अण्डाको भाउ बढाउन थालेको छ ।
गत मंसिर ३ गते एउटा मूल्य कायम गरेको संघले मंसिर ७ गते फेरि अर्को मूल्यसूची सार्वजनिक गरेको थियो । अहिले फेरि शुक्रबार संघले नयाँ मूल्य सार्वजनिक गरेको छ । जसमा एक्स एल अण्डाको मूल्य ५६० तोकिएको छ भने ठूलो अण्डा ५४५ रुपियाँ तोकिएको छ । जबकि ठूलो अण्डाको मंसिर ३ गते ४५० रुपैयाँ मात्रै थियो ।
मिडियम अण्डाको भाउ ४३५ रुपैयाँबाट बढेर ५३० रुपैयाँ पुगेको छ । सानो अण्डाको पनि भाउ प्रति पेटी ३२५० रुपियाँ पुगेको छ ।
अहिले अण्डाको मूल्य तोक्नका लागि कुनै पनि मापदण्ड अपनाउने गरिएको छैन । त्यसैले गर्दा पनि संघले उपभोक्ताका लागि दिइने होलसेल मूल्य मनलाग्दी रूपमा बढाउने गरिएको हो ।