काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार २५५ वटा बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार रू. २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव रू. ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव रू. ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव रू. ५५ करोड ४ लाख दाबी रकममध्ये करिव रू. ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव रू. ३९ करोड १८ लाख दाबी रकममध्ये करिव रू. ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।