शेयर बजार आज ९.६१ अंकले बढ्यो, ६ अर्ब ६९ करोडको कारोबार 

काठमाडौं । बुधबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.६१ अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.३६ प्रतिशतले बढेर २६६५.६० विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम १ अर्बले बढेको छ । आज ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०४ कम्पनीको सेयरमूल्य घटेको छ । ११ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज पनि झापा इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि नै लगातार बढिरहेको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६० रुपैयाँ ६० पैसा बढेर ६६६ रुपैयाँ ८० पैसा पुगेको छ ।

आज एनआरएन इन्फ्राइट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ६२ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । परिसूचक घट्नेमा फाइनान्स, लगानी, जीवन बिमा, म्युचुअल फण्ड र निर्जीवन बिमा समूह छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार