नारायणी डेभलपमेन्ट बैंकको ६ लाख २१ हजार कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले नबिकेको ६ लाख २१ हजार कित्ता हकप्रद शेयरको लिलाम बिक्री गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापकतर्फको ६ लाख ३ हजार १ सय ६२ कित्ता र सर्वसाधारणतर्फको १८ हजार ४४४ कित्ता शेयर नबिकेपछि लिलाम बिक्रीमा राखेको हो ।

न्यूनतम प्रतिशेयर मूल्य एक सय तोकिएको सोका लागि भोलि अर्थात् ११ गते बिहीबारदेखि मंसिर २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार