लगातार तीनदिन बढ्यो सेयरबजार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४५७.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज होटल बीमा समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१९ प्रतिशत, फाइनान्स ०.०२, हाईड्रो ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशतले बढे ।

प्रतिक्रिया
सम्बन्धित समाचार