शेयर बजार आज उच्च अंकले बढ्यो, सात अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम ७ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५०.४४ अंकले बढेको हो । १.९४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५०.६६ अंकमा उक्लिएको छ ।

बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ ।

आज ३३० कम्पनीका १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १ सय ३६.९८ रुपियाँ बराबरको कारोबार भएको छ ।

विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै माबिलुङ इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ८१ लाख ५१ हजार ५ सय ४६.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार