एएफसी यू–१७ एसियन कप छनोट : म्यानमारसँग भिड्दै नेपाल

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ ।

खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सम्पन्न पहिलो खेलमा सिरियासँग ४–२ को हार व्यहोरेको थियो ।

म्यानमार भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । म्यानमारले यसअघि सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतियोगिताको समूह ‘जी’अन्तर्गत हुन लागेको यो खेल म्यानमारको थुवून्ना रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

तालिकामा नेपाल हालसम्म अंक जोड्न सकेको छैन । यानमार तीन अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार