काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । आकर्षक लाभांश दिने निर्णय गरेको बैंकले सो एजेन्डा पारित गर्ने निर्णयसहित मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लबमा साधारणसभा बोलाएको हो ।
यसअघि सञ्चालक समितिले निर्णय गरेको चुक्ता पुँजीको १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ।