एनएमबि बैंकको लाभांश घोषणा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैंठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ वितरणयोग्य रकमबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार