ऊर्जामन्त्री घिसिङनिकट मानिएको उज्यालो नेपाल पार्टी आयोगमा दर्ता 

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङनिकट मानिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार आयोगमा दर्ता भएको हो ।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो ।

आयोगमा १० नयाँ दल दर्ता भएको छ । २८ निवेदन प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार