चुनावमा चार अर्ब ९६ करोड बजेट खर्च गर्न आयोगलाई अर्थ मन्त्रालयको सहमति

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झण्डै पाँच अर्ब रूपियाँ बजेट दिने भएको छ । अर्थ मन्त्रालयले यसै साता निर्वाचन आयोगलाई चुनाव लक्षित कार्यक्रममा चार अर्ब ९६ करोड रुपियाँ बजेट खर्च गर्न सहमति दिएको हो ।

मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले निर्वाचन आयोगलाई चुनावका लागि चार अर्ब ९६ करोड रुपियाँ खर्च गर्ने सहमति दिएको बताए ।

‘यो नै अन्तिम भने होइन । आवश्यक परेको अवस्थामा चुनावसम्म थप स्रोतका लागि सहमतिती दिन सकिनेछं,’ उनले बताए । ्

भदौ २३ र २४ गते भएको युवा आन्दोलनका तत्कालीन सरकार ढलेको थियो । साथै, पुर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गरिएको थियो । जुन सरकारले आन्दोलनको माग अनुसार प्रतिनिधि सभा बिघटन गरेको थियो । त्यसपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधी सभाको निर्वाचन तोकिएको छ । त्यसका लागि आयोगलाई सो बराबरको बजेट दिइएको हो ।

निर्वाचनका लागि आयोगले भने चुनावका लागि सात अर्ब ८१ करोड रूपियाँ बजेट मागेको थियो । त्यो भन्दा दुई अर्ब ८५ करोड कम बजेट आयोगलाई दिइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार