सोलु हाइड्रोले २ करोड कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोड (सेबोन) बाट सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले सोमबार प्रति कित्ता रु. १०० अंकित दरको २ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

सेबोनबाट अनुमति पाएसंगै आईपीओ निष्काशनको तयारी शुरु गर्ने बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटलले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार