झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलर सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकले बढेर बन्द भएको छ। सेयर बजार परिसूचक बढे पनि कारोबार रकम खुम्चिएको छ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको हो। योसँगै आज २५६५ विन्दुमा कायम भएको छ।

१४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो। कारोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भयो।

समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढे।

अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटे।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन्। बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो।

त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो। सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार