आज ३० अंकले घट्यो शेयर बजार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५६६.०९ बिन्दुमा पुगेको हो । नेप्से घटेसँगै आज नेप्सेका पुँजीकरण पनि १.१५ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज भएको कारोबारमा २ सय २२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आज नेप्सेमा दरमखोला हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य बन्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार