कर्मचारीलाई तलब दिन नसक्दा रोकिन थाले अमेरिकन विमान, शनिबार मात्रै १४०० बढी उडान रद्द

काठमाडौं । ३९ दिनदेखि चलिरहेको अमेरिकी संघीय बजेट सटडाउनको असर सिधा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । समयमा कर्मचारीलाई तलब दिन नसक्दा शुक्रबारदेखि नै विमान उडानमा समस्या देखिन थालेको थियो । शनिबार अमेरिका आउने तथा त्यहाँबाट उडान भर्ने १,४०० भन्दा बढी विमानले उडान रद्द गरे ।

उडान ट्र्याकर फ्लाइटअवेयरका अनुसार शनिबार करिब ६ हजार उडानले समयमा ल्याण्डिङ तथा टेकअप गर्न सकेनन् । लगभग ६,००० उडानहरूमा ढिलाइ भएका छन् ।

संघीय उड्डयन प्रशासनले सटडाउनका कारण गत हप्ताको सुरुवातमै देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशत घटाउने घोषणा गरिसकेको छ । अक्टोबर १ बाट सुरु भएको बन्द जारी रहँदा कांग्रेसमा गतिरोध कसरी अन्त्य गर्ने भन्ने कुरामा रिपब्लिकन र डेमोक्र्याटहरू विभाजित छन्।

शनिबार इतिहासको सबैभन्दा लामो बन्दको ३९ औं दिन हो किनभने रिपब्लिकन र डेमोक्र्याटहरू अझै पनि यो गतिरोध अन्त्यका लागि गम्भीर भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार