एनआईसी एसियाको वित्तीय विवरण सार्वजनिक, खुद नाफालगायत मुख्य सूचकमा सुधार

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले मुख्य सूचकांकहरूमा उल्लेख्य सूधार गर्दै चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार बिहान जारी गरेको वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले नाफा बढाएको छ ।

समीक्षा अवधिमा बैंकले १२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यद्यपि बैंकको ब्याज आम्दानी भने घटेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैङ्कले यो आर्थिक वर्षमा ६ अर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले ब्याज खर्चमा पनि उल्लेख्य कमी ल्याएको छ । जसबाट बैंकले समीक्षा अवधिमा दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २५ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एसिया बैंकको ईपीएस ३ रुपैयाँ २१ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसाँ रहेको छ । समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार