काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । तर बजार उचालिएपछि कारोबार रकम भने बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१७ अंकले बढेको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७०७.४२ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि होटल र म्युचुअल समूह क्रमशः ०.४५ र ०.०५ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा बढी ३.४१ प्रतिशतले बढेको छ ।
आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८ सय १० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८ सय १४.९६ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
तीन कम्पनीका लगानीकर्ताहरुले आज ९ प्रतिशत बढी नाफा कमाएका छन् । माबिलुङ इनर्जी, उन्नति सहकार्य लघुवित्त र नेपाल फाइनान्सका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९६ र ९.२३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै फर्स्ट माइक्रो फाइनान्स लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४८ प्रतिशतले घाटा व्यहोरेका छन् ।