यस वर्षको चाडपर्वमा अघिल्लो वर्षको भन्दा करिब साढे २७ अर्ब रुपैयाँ बढी नगद प्रवाह

काठमाडौं । यस वर्षको चाडपर्वमा अघिल्लो वर्षको भन्दा करिब साढे २७ अर्ब रुपैयाँ बढी नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले असोज महिनाको वित्तीय अवस्थितिमा उल्लेख गरेको चलनचल्तीमा रहेको बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) ले यस्तो देखाएको हो ।

यो वर्ष असोज मसान्तसम्मको तथ्यांकअनुसार ७ खर्ब ८८ अर्ब ७८ करोड दुई लाख ७५ हजार रुपैयाँ बजारमा नगद प्रवाह भएको छ । खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्ने गर्छ ।

अघिल्लो वर्षको असोज महिनामा राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा सात खर्ब ६१ अर्ब ३१ करोड १२ लाख ५५ हजार रुपैयाँ नगद प्रवाह भएको उल्लेख थियो । यसरी दुई वर्षको चलनचल्तीमा रहेको पैसाको तुलना गर्दा २७ अर्ब ४६ करोड रुपैयाँले बढी देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार