आज सुनको मूल्य २७ सय रुपैयाँले बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार