अन्नपूर्ण बेसक्याम्पबाट १६२ जनाको उद्धार 

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट आज बिहीबार बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा अब कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

“सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेसक्याम्पमा हिउँपहिरो आइरहेको छ,” उनले भने ।

सशस्त्र प्रहरीको टोली मंगलबार उद्धारका निम्ति बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको ‘कमान्ड’मा गएको फौजले १७ विदेशी पर्यटकसहित १६२ जनाको उद्धार गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार