विश्वकप लिग–२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुने खेलमा आज नेपाल जित्नै पर्ने दबाबमा छ ।

यसअघिको सिरिजमा मंगलबार अमेरिकासँग एक सय छ रनको फराकिलो हार व्यहोरेको नेपालसँग आज जित्नै पर्ने बाध्यता भएको हो । यस त्रिकोणात्मक सिरिजमा दुवै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसर समेत हो। लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार