काठमाडौं । निरन्तर घटिरहेको शेयर बजारमा आज भने उत्साह छाएको छ । तर बजार उचालिए पनि कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४४.२५ अंक उचालिएको हो । १.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४७.६० अंकमा उक्लिएको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । अन्य समूह ५.०१, होटल समूह ३.३५ र ट्रेडिङ समूह २.८१ प्रतिशतले बढेका छन् ।
आज ३३० कम्पनीका ९९ लाख ४ हजार ८ सय ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५ सय ४५.४५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा, क्रेस्ट माइक्रो, इमर्जिङ नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९२ र ९.८२ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।