नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागु गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागु गर्न पत्रचार गरिएको जानकारी दिए ।

मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उनको भनाइ छ । उनका अनुसार, तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार