शेयर बजार आज ७८.८३ अंकले घट्यो, पौने ७ अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार घटेसँगै नेप्से परिसूचक २५ सय अंकमा ओर्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ७८.८३ अंकले घटेको हो । ३.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५०३.३५ अंकमा ओर्लिएको छ ।

बजार घटेसँगै सबै समूह राताम्मे भएको छन् । होटल समूह सबैभन्दा बढी ४.८४ प्रतिशतले घटेको छ ।

आज ३२४ कम्पनीका १ करोड ४३ लाख ६४ हजार ६ सय ८२ कित्ता शेयर किनचेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २ सय ६६.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार