काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीको ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता आईपीओ निष्कासन अनुमतिको पाइपलाइनमा छ । धितोपत्र बोर्डमा ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार ८६१ रुपैयाँ बराबरको ३७ करोड ५४ लाख कित्ता आईपीओ निष्कासनको पाइपलाइनमा रहेको हो ।
आईपीओको पाइपलाइनमा सबै भन्दा धेरै हाइड्रोपावर क्षेत्रका कम्पनी रहेका छन् । हाइड्रो क्षेत्रका मात्रै ३७ वटा कम्पनीहरु बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतीक्षामा रहेको धितोपत्र बोर्डको तथ्यांक छ ।
तथ्यांकअनुसार ३७ वटा हाइड्रोपावर कम्पनीका १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ताको १८ अर्ब २६ करोड ०१ लाख ४० हजार २३६ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको हो ।
अहिले पाइपलाइनमा रहेका समूहमध्ये रकमका आधारमा सबै भन्दा धेरै आईपीओ उत्पादन तथा प्रशोधन समूहको रहेको छ । यो समूहको कुल २७ अर्ब ०४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बरारको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर स्वीकृतिको प्रतीक्षामा छ ।