दशैं सकिएलगत्तै काठमाडौँ छिर्ने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै

काठमाडौँ । दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारीसाधनको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दसैँको भोलिपाल्ट अर्थात् यही असोज १७ गतेदेखि हिजो बुधबार साँझसम्म काठमाडौँ उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  बताए ।

दसैँको भोलिपल्ट अर्थात् असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना, २२ गते १५ हजार ८३१ जना गरी कुल एक लाख ५५ हजार ६९७ जना उपत्यका भित्रिएका प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनका अनुसार दसैँका लागि भन्दै काठमाडौँ उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका छन् । हिजोआज काठमाडौँ प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत स्थानमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा सवारीसाधन उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार