प्रधानमन्त्री बन्ने दौडमा लागेका डा. निकोलस गाँजाको फन्दामा 

काठमाढाैँ – जेनजी आन्दोलनको सफलतापछि हौसिएर आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका अभियन्ता डा। निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेर गाँजाको फन्दामा परेको खुलासा गरेको छ ।

बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका भुसाललाई पक्राउ गरेर प्रहरीले स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जनाइएको छ ।

विगतमा पनि गाँजा सेवनको आरोप लागेका भुसालमा गाँजाको लत नछुटेपछि सुधार केन्द्रमा राख्ने तयारी भएको प्रहरीले स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार