सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था खारेज, अब जति पनि लिन पाइने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको सीमा हटाएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा आज सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु.२५ करोड कायम गरिएको छ भन्ने साबिकको व्यवस्था नै हटाइदिएको हो ।

अब व्यक्तिले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट जति पनि सेयरधितो कर्जा पाउनसक्ने अवस्था बनेको छ ।

अर्थ मन्त्रालयले केही समयअघि बनाएको पूँजीबजार सुधार कार्यदलले यो व्यवस्था हटाउन सुझाएको थियो । त्यसैको कार्यान्वयन गर्दै केन्द्रीय बैंकले पुरानो व्यवस्था खारेज गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार