मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द

काठमाडौं । पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आवागनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जजाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको हो ।

सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ ।

डिभिजनले अत्यावश्यकका सवारीसाधनले यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि हार्दिक आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार