प्रहरीको माइकिङपछि नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किन थाले गाडीहरु

काठमाडौं– काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ ।

प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् ।

शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार