आज बडादशैँ : टीकाको उत्तम साइत बिहान ११:५३ बजे

काठमाडौं– बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ । यस्तै देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा रहेको छ ।

समितिले विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले टीका लगाउन साइत कुर्न नपर्ने समेत जनाएको छ । आज टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनु राम्रो मानिएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ ।

आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार