बाजुरामा बालिकाको बलात्कार आरोपमा पक्राउ

काठमाडौं । बाजुरामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–५ का ३० वर्षीय पारस शाह छन् ।

१२ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (असोज १०) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार