अर्थमन्त्रीको निर्णयले सेबोनमा किन मच्चिदैछ भाँडभैलो ?

बोर्डका दलहरुनिकट दुई कर्मचारी युनियन संयुक्त आन्दोलनमा उत्रिए

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालको निर्णयविरुद्ध आन्दोलित नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का कर्मचारीको निशानामा सेबोनका अध्यक्षसहित उच्च कर्मचारी र नेप्सेका सीईओ परेका छन्.।

गत मंगलबारदेखि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, कार्यकारी निर्देशक तथा उपनिर्देशकका सवारीसाधन कर्मचारी युनियनको नियन्त्रणमा छन् भने कार्यालयको काम ठप्प छ ।

अर्थमन्त्रीमा रामेश्वर खनाल आएपछि असोज २ गते भएको राजस्व सचिवस्तरीय निर्णयको विरोधमा कर्मचारी आन्दोलित भएका छन् । बोर्डका दलहरुनिकट दुई कर्मचारी युनियन संयुक्त आन्दोलनमा उत्रिएका छन् ।

बोर्डमा अहिले हकप्रद शेयर, आईपीओ आवेदन, बोनस शेयर दर्तासहितका काम ठप्प छ । कर्मचारीहरुले ताल्चा लगाएर सबै काम ठप्प पारिदिएका हुन् । अर्थमन्त्रालयले बोर्डमा रहेका दुई कर्मचारी कोष खारेज गर्नेसहितका तीन निर्णय गरेको थियो ।

हाल कर्मचारीको हितका लागि भन्दै दुई वटा कोष कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सञ्चालनमा छन् । यी दुवै कोषलाई खारेज गर्न बोर्डलाई अर्थमन्त्री खनालले निर्देशन दिएका छन् । यी कोष खारेज भएपछि कर्मचारीले यसअघि खाईपाई आएको थप रकम कटौती हुन जान्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार