महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न लाइसेन्स चाहिने

काठमाडौं । सबै महानगर र उपमहानगरपालिकामा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्नेले लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बिहीबार (असोज ९ गते)को निर्णयमार्फत यस्तो व्यवस्था गरिएको हो । यो व्यवस्था राजपत्रमा सूचना प्रकाशन भएपछि लागु हुनेछ ।

हाल नेपालमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् ।

यो नियम लागु भएपछि काठमाडौं, ललितपुर, विराटनगर, भरतपुर, वीरगन्ज र पोखरा महानगरमा घरजग्गाको कारोबार गर्नेहरूले तीन करोडभन्दा बढीको एक पटकमा कारोबार गर्न चाहे अनिवार्य लाइसेन्स लिनुपर्नेछ ।

साथै यो नियम धरान, इटहरी, जनकपुर, हेटौँडा, कलैया, जितपुर–सिमरा, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र धनगढी उपमहानगरपालिकामा पनि लागु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार