काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता एक हजार ८४२ रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कात्तिक १० गतेसम्म सेयर खरिद गरी कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । कम्पनीले कात्तिक ११ देखि २५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यो प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ ।
हाल यस कम्पनीको दोस्रो बजारमा सेयरमूल्य प्रतिकित्ता साढे ४९ हजार रुपैयाँ छ । यस कम्पनीको सेयरखरिद गर्ने लगानीकर्तालाई ४९ हजार ५०० रुपैयाँ आवश्यक पर्छ ।